काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ताको कार्यालय अवलोकनपछि सरकारबाट देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक कुनै काम नहुने भएकाले त्यसप्रकारको आन्दोलन सम्भव नभएको बताउनु भएको हो । उहाँले वर्तमान सरकार सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने बाटोमा अग्रसर भएको कसैले रिस शान्त पार्न सामाजिक सञ्जालमा गाली गर्ने बाहेक अरु केही गर्न नसक्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनलाई टुंगोमा पुर्याउन भएको राजनीतिक सहमति शान्तिप्रक्रियाको अन्तिम किस्ता भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय