काठमाडौं । सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानको मुद्दाको फैसलाको लागि पटकपटक पेसी तोकिए पनि मुद्दाको किनारा भने अझै लाग्न सकेको छैन् । यसअघि गत मंसिर २४ गतेको इजलास पहिलो नम्बरमै पसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गरेका थिए ।

गत वर्ष भदौ २१ गते काठमाडौं गौशाला प्रहरी कार्यालयमा एक किशोरीले लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय