काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षाको पाठ्यक्रम फेरेको छ । आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ ।
यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्क जोडिने व्यवस्था थियो । तर, अब हटेको छ ।



त्यस्तै, आयोगले लिखित परीक्षाको प्रथम चरणको परीक्षाबाट छनोट भएका उम्मेदवारलाई मात्र लिखित परीक्षाको द्वितीय चरणको मूल परीक्षामा सम्मिलित गराइने जनाएको छ ।



