विश्वभर बढ्दै गएको वायु प्रदूषण मानव स्वास्थ्यका लागि ठूलो चुनौती बन्दै गएको छ।डब्लुएचओ का अनुसार प्रदूषित हावाका कारण प्रत्येक वर्ष करिब ७० लाख मानिसको मृत्यु हुने गरेको छ। पछिल्ला दशकहरूमा वायु प्रदूषणका कारण स्वास्थ्यमा पर्ने असर झन् गम्भीर हुँदै गएको देखिएको छ। प्रदूषित हावामा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड तथा पीएम २.५ जस्ता मसिना कण हुन्छन्।
यी कणहरू मानव शरीरमा प्रवेश गरेपछि विभिन्न अंगहरूमा नकारात्मक असर पार्छन्। श्वासप्रश्वास प्रणालीमा असर छातीरोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार वायु प्रदूषणले सबैभन्दा पहिले नाक, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्छ। यसको कारण खोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने, निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता रोग देखिन सक्छन्।



मुटुमा असर मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार हावामा रहेका मसिना कणले रक्तनलीहरूलाई कडा र साँघुरो बनाउँछन्। यसले रगतको प्रवाहमा समस्या ल्याई रक्तचाप बढ्ने, मुटुको चाल अनियमित हुने तथा हृदयघातको जोखिम बढ्ने सम्भावना हुन्छ।
मस्तिष्कमा असर
न्युरोलोजिस्ट डा. सुमन भट्टराईका अनुसार प्रदूषणले धमनीहरूलाई कडा बनाइ रगत जम्ने समस्या बढाउन सक्छ। यसले गर्दा मस्तिष्कघात (स्ट्रोक) हुने जोखिम पनि बढ्ने देखिन्छ।
आँखामा असर
बाल आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठका अनुसार प्रदूषित हावाले आँखामा एलर्जी, आँखा सुख्खा हुने, पोल्ने र संक्रमण जस्ता समस्या निम्त्याउन सक्छ। धुलोका कण आँखाको परेलीमा जम्दा संक्रमणको जोखिम अझ बढ्छ।
छालामा असर
छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेलका अनुसार वातावरणीय प्रदूषणले छालाको बाहिरी र भित्री तह दुवैमा असर पुर्याउँछ। यसको कारण डण्डीफोर, छाला जल्ने, दाग-धब्बा, चाउरीपन र छालाको क्यान्सर जस्ता समस्या देखिन सक्छन्। गर्भवती महिलामा प्रभाव वायु प्रदूषणको सम्पर्कमा रहेका गर्भवती महिलाबाट कम तौलको बच्चा जन्मिने तथा बच्चामा दमको समस्या देखिन सक्ने अध्ययनहरूले देखाएका छन्।
वायु प्रदूषणबाट बच्ने उपाय स्वास्थ्य विज्ञहरूले वायु प्रदूषणबाट बच्न केही उपाय सुझाएका छन्स् बाहिर निस्कँदा मास्क प्रयोग गर्ने धेरै प्रदूषण भएको ठाउँमा अनावश्यक रूपमा नबस्ने पुराना सवारीसाधन हटाउने र नियमित चेकजाँच गर्ने स्वच्छ ऊर्जा विद्युत्, सौर्य, बायोग्यास को प्रयोग बढाउने बाहिर निस्कँदा क्याप, छाता वा शरीर ढाक्ने कपडा लगाउने विशेषज्ञहरूका अनुसार वायु प्रदूषण नियन्त्रण गर्न व्यक्तिगत सावधानीसँगै सरकारी स्तरको दीर्घकालीन नीति आवश्यक छ।



