काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल प्रमाणपत्रको लागि नभई वास्तविक सीप, नवप्रवर्तन र उद्यमशीलता विकासमा केन्द्रित हुनुपर्ने बताएकी छन् । आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा उहाँले समकालीन समाजको आवश्यकतालाई मध्यनजर गर्दै विश्वविद्यालयले रोजगारयोग्य, उद्यमशील र नैतिक क्षमता सम्पन्न जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नवीन प्रविधि र अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रमलाई अर्थतन्त्रसँग प्रत्यक्ष जोड्ने आवश्यकतामा पनि प्रकाश पार्नुभयो ।

प्रधानमन्त्री कार्कीले कि अध्ययन पूरा गरेपछि धेरै युवाहरू विदेश जाने प्रवृत्ति चिन्ताजनक रहेको बताउनु भयो । त्यसैले विद्यार्थी र विश्वविद्यालय दुवैले नवप्रविधि र द्रुत गतिमा बदलिँदो विश्व परिवेशसँग आफूलाई अनुकूल बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कार्कीले पोखरा विश्वविद्यालयले स्थापनाकालदेखि नै व्यवस्थापन, विज्ञान र अन्य क्षेत्रमा उच्च शिक्षामा पहुँच विस्तारमा योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले दीक्षार्थीहरूले प्राप्त गरेको प्रमाणपत्र केवल रोजगारीको आधार नभई समाजका जटिल समस्या समाधान गर्ने क्षमता प्रमाणित गर्ने माध्यम पनि हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय