काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने बताएकी छिन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले समाचारमा आधारित भएर छापा माध्यम सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा छापा माध्यमले विशेष विषयवस्तु केन्द्रित सामाग्री पस्किनु आवश्यक रहेको बताएकी हुन । मन्त्री शर्माले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको समेत उल्लेख गरिन ।
मन्त्री शर्माले सूचना जनतासमक्ष लैजाने एउटा पाटो भएपनि जनताको कुराहरु र गुनासाहरु सकारसम्म पु-याउने काम पनि सञ्चारमाध्यमको भएको उल्लेख गरिन । कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी र गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताए ।



कार्यक्रममा सहभागीहरुले समाचारका लागि २४ घण्टा किन कुर्ने भन्नेकुरा नै अहिलेको चुनौति रहेको बताए । सञ्चारमाध्यमहरुले नागरिकका आवाज पहिलो भन्नेकुरा प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको उनीहरुको भनाइ थियो ।



