काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच सवाल–जवाफ भएको छ । आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दुई नेताबीच चर्को सवाल जवाफ भएको हो । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा लामिछानले सुन तस्करी प्रकरणको प्रसंग उठाएर पछि बैठकमा चर्को सवाल जवाफ भएको हो । सुन तस्करीमा संलग्नहरुको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठ उनीहरुलाई जोगाउन लागि परेको लामिछानेको आरोप थियो ।

जवाफमा गृहमन्त्री श्रेष्ठले उक्त आरोप प्रमाणित गर्न लामिछानेलाई चुनौती दिएका थिए । सहकारी ठगी प्रकरणमा आफूमाथि छानबिन गर्न गृहमन्त्रीले श्रेष्ठले निर्देशन दिएपछि लामिछाने आफू फस्ने डरले पहिले नै प्रक्रिया जनाएको गृहमन्त्री श्रेष्ठको आशय थियो । राहदानी प्रकरणमा लामिछानेलाई सरकारले क्लिन चिट देखिएकोप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन । त्यस्तो त हुन्न ।’ प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । साथै उनले कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय