प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुंग्याउने विषयमा दलहरु एकमत भएका छन् । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको शान्ति प्रक्रियाका पक्षधर राजनीतिक दलहरुको बैठकमा शान्ति प्रक्रिया छिटो टुंग्याउने, विद्यमान व्यवस्थामा जनतामा छाएको निराशा चिर्ने लगायतका विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै नेताहरु एकमत भएको बताए ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताए । उनले जनजीविकाको सवालमा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याए ।बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सामाजिक सञ्जालको बढ्दो दुरुपयोग नियन्त्रण, सरकारका कतिपय अकर्मण्यताका कारण देशमा भइरहको गतिविधिबारे सरकारको ध्यानाकर्षण गराएको थियो ।

बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखा परेका छिटपुट प्रभावको मिलेर प्रतिवाद गर्ने निस्कर्ष निकालिएको नेताहरुले जनाएका छन् । बैठकमा नेताहरुको समीक्षात्मक बैठक निरन्तर राख्ने बारेमा पनि दलहरु एकमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय