काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो । न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई नियुक्तका लागि सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम बुधबार अनुमोदन भएको हो । उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिएको थियो । नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो । सर्वोच्च अदालतमा सात जना न्यायाधीशको पद रिक्त भएकोमा छ जनाको नाम मात्र सिफारिस भएको थियो ।



अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।



