काठमाडौं । साफ यू–२० च्याम्पियनसीप २०२४ आजदेखि सुरु भएको छ । उद्घाटन खेल दिउँसो ३ बजे नेपाल र श्रीलंकाबीच एन्फा कम्प्लेक्समा हुनेछ ।

नेपालले यू–१८ र यू–१९ साफ च्याम्पियनसीप जिते पनि यू–२० उमेर समूहको प्रतियोगिता जित्न सकेको छैन । शनिबार भएको प्रि–म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टीम च्याम्यिन बन्ने दाबी गरेका छन् । प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह एमा श्रीलंका र बंगलादेश रहेको छ भने समूह बीमा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

नेपालले दोस्रो खेल भदौ ६ गते बंगलादेशसँग खेल्ने छ । सेमिफाइनल भदौ ९ र १० गते हुनेछ । फाइनल भदौ १२ गते हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय