क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएपछि उनको आलोचना भएको हो । हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती किराँतीले प्रधानमन्त्री दाहालले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गर्दै जिसससँग तुलना समेत गरेका छन ।

उनको अभिब्यक्ति सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनीविरुद्ध सर्वसाधारणदेखि राजनीतिज्ञले समेत प्रश्न उठाएका छन । रास्वपा नेपालका सभापति रवि लामिछानेले उनको राजीनामा मागेका छन । त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि किरातीको अभिब्यक्ति विवादास्पद भन्दै हटाउन माग गरेका छन । अन्त्य दलका नेता र सर्वसाधारणले पनि सो अभिव्यक्ति निन्दनीय भएको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय