काठमाडौं –दरबारमार्ग क्षेत्रबाट स्रोत नखुलेको ९८ लाख नगद सहित २ जना पक्राउ परेका छन । रुपन्देहीका २ जना युवालाई स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित काठमाडौं प्रहरीले पक्राउ गरेको हो । रुपन्देही सियारी गाउँपालिका ७ अमुवाका समिर सुनार र मिलन विकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरू भरियाका रूपमा रहेको र रकम सुन कारोबारमा प्रयोग भएको हुनसक्ने प्रहरीलआशंका गरेको छ ।

उनीहरूसँग रहेको रकमको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र घटनाबारे पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय