दार्चुला–चीनको ताक्लाकोट जोड्न मुख्य सडकका रुपमा रहेको दार्चुला–टिंकर सडकको काम बजेट अभावमा नरोकिने भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएकाछन् । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक अनुगमनमा दार्चुला पुगेका मन्त्री ज्वालाले बजेट अभावमा सडकको काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताएकाहुन । ‘बजेटको समस्या पर्दैन्, बजेटका कारणले आयोजनालाई अवरोध हुदैन्, यो कुरामा विस्वस्थ हुनुस काम तिव्रगतिमा हुन्छ, उनले भने ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाहरुलाई अप्ठ्यारो नपर्ने गरी बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन गर्नु भएको कुरा बताउदै उनले निर्माणाधिन आयोजनाहरुलाई बजेटको अभाव नहुने दावी गरे । दार्चुला–टिंकर सडक आयोजना अर्थतन्त्र संग जोडीएको करीडोर भएको भन्दै मन्त्री ज्वालाले यसलाई चाडो निर्माण गर्नु पर्नेमा जोड दिए । पुर्व–पश्चिम करीडोर निर्माण पछि अब सरकारको प्राथमिकतामा उत्तर दक्षिण करीडोर रहेको उनको भनाई थियो ।



‘दार्चुला–टिंकर सडक त्रिदेशिय सीमा संग जोडिएको रणनितिक सडक हो, यो सडक सरकारको प्राथमिकतामा छ, मन्त्री ज्वालाले भने ।’ भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा रहेको सडक अनुगमन टोलीमा रहेका दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले त्रिदेशीय सीमा संग जोडिएको रणनितिक सडकको कामलाई तिव्रता दिन आफुले सम्बन्धित मन्त्रालय, नेपाली सेना तथा सडक विभागमा पहल कदमी गरेको बताए ।
नेपाली सेनाको विकास निर्माण आयोजना सहायक रथी विकास पोखरेलले भारतको बाटो भएर छाङरुमा निर्माणमा प्रयोग हुने मेसिनहरु ढुवानी गर्न सके यसैवर्ष छाङरुबाट तल सडक खन्ने कार्य गरिने बताए । भारतले आफ्नो बाटो प्रयोग गर्न नदिएको खण्डमा हेलिकप्टरबाटै आवश्यक मेसिनहरु ढुवानी गर्ने योजना सेनाको रहेको उनले बताए ।



