काठमाडौंमा जारी त्रीदेशीय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।बुधबार भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो। युएईले दिएको १४१ रनको लक्ष्य नेपालले ७ बल बाँकी हुँदा ३ विकेटको क्षतिमा पूरा गरेको हो।नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धसतकीय पारी खेले। यस्तै दिपेन्द्र सिंह ऐरीले पनि शानदार ब्याटिङ गरे। तीन विकेट गुमाएको नेपाललाई रोहित र दिपेन्द्रले उत्कृष्ठ साझेदारी गर्दै ७ बल अघि नै लक्ष्य पूरा गरेका हुन्।

रोहितले ४० बलमा ५ चौकासहित अविजित ५१ रन बनाउँदा दीपेन्द्रले २३ बलमा ३ चौका र एक छक्काको मद्दतमा ३४ रन बनाउँदै नटआउट रहे। कुशल भुर्तेलले १४, आसिफ शेखले २३ तथा कुशल मल्ल ११ रनमा आउट भए । युएईका निलान्स केस्वानी र अलि नासिरले एक एक विकेट लिए। कुशल मल्ल रनआउट भएका थिए। त्यसअघि युएईका लागि वसिल हमीदले अर्धसतकीय पारी खेले। ३८ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै उनले ५१ रन बनाएका हुन्।

ओपनर खालिद साह रनको खाता नै नखोलि आउट हुँदा कप्तान मोहम्मद वासिमले १८ बलमा १७ रन जोडे। आसिफ खान १५, अलि नासिर ३२ रनमा आउट हुँदा अलिसान सराफुले ६ रनको योगदान गरे। सन्चित शर्मा २ र निलान्स केसवानी ४ रनमा नटआउट रहे। नेपालका लागि करण केसीले ३ तथा गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र अभिनास बोहराले एक एक विकेट हात पारे। युएईविरुद्ध डेब्यू गरेका मौसम ढकालले २ ओभरमा १४ रन खर्चिए पनि विकेट लिन सकेनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय