

विश्वभर डीपफेक इन्टेलिजेन्स आर्टिफिसलको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो अनि बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन नपाउदै क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको फोटो बाहिरिएको छ ।
यो फोटो फेक भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोमा सारा क्रिकेटर शुभमन गिलसँग छिन् । पछिल्ला केही दिनयता सारा र शुभमनबीच डेटिङ चलिरहेको अफवाह चलेको छ । डेटिङको अफवाहलाई पुष्टि गर्न यो फोटो पोष्ट गरिएको अनुमान गरिएको थियो । तर अहिले आएर सो फोटो नै नक्कली भएको बताइएको छ ।






साराले सेप्टेम्बर २४ मा आफ्नो भाइ अर्जुन तेन्दुलकरको जन्मदिनको दिनमा उनलाई शुभकामना दिँदै इन्ष्टाग्रामको एकाउन्टमा दुवै जनाको तस्बिर राखेकी थिइन् ।सोही तस्बिर निकालेर एआई डीपफेकको मद्दतले अर्जुनको अनुहारको ठाउँमा शुभमनको अनुहार हालिएको खुलासा भएको छ ।
रश्मिका मामिलामा अभिताभ बच्चन, मृणाल ठाकुरसमेतका कलाकारहरूले कारबाहीको माग गरेका थिए । तर यस मामिलामा तेन्दुलकर परिवारले अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैनन् । न त यस मामिलामा मुख खोलेका छन् ।