टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज पेश भएका रिट निवेदनमाथि आगामी सोमबारबाट प्रारम्भिक सुनुवाई हुने भएको छ । पेश भएका सात वटै रिट निवेदन दर्ता गर्दै सर्वोच्चले मंसिर चार गतेका लागि पहिलो पेशी तोकेको हो ।

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक चल्न नदिने निर्णय गरेको थियो । त्यही निर्णय खारेजीको माग राखेर अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल लगायतले सर्वोच्च अदालतमा छ्ट्टाछुट्टै ७ वटा रिट पेश गरेका हुन । निवेदन दर्ता प्रक्रियामा रहेको अभिवक्ताहरुले जनाएका छन । निवेदनमा गैरकानूनी बदरको माग राखिएको छ ।

टिकटक प्रयोगमा देखिएका कमीकमजोरीलाई नियमन गर्न सकिने तर प्रतिबन्ध लगाउन नहुने निवेदकको माग दावी छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय