काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र जोखिममुक्त नभइसकेको बताएका छन ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्र जोखिममुक्त भइसकेको छैन, हामीबीच समस्या लुकाएर होइन, स्विकारेर अगाडि बढ्ने हो भने । उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको टिप्पणी गरे । खडकाले अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भन्दै सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्छ, प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने बिश्वास ब्यक्त गरे ।सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी गर्दै सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए प्रमाणसहित उजुरी गर्न आह्वान गरे । उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन समेत दिए । गत आर्थिक वर्ष बैंकहरुले लिएको करिव पौने ५ अर्ब रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए ।

रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनले स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय