एजेन्सी-
अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले निर्माण गरेको सवारी साधनमा समस्या देखिएको छ । अटो पाईलटमा त्रुटि देखिएपछि टेस्लाले आफ्ना २० लाख थान भन्दा धेरै कार फिर्ता गर्ने भएको छ । अमेरिकी नियामकहरूले कार जडित चालक सहायता प्रणाली अर्थात अटो पाइलटमा आंशिक त्रुटि भेट्टाएपछि सो सङ्ख्यामा कार फिर्ता बोलाउन लागिएको हो ।
अटो पाइलट प्रयोग भइरहेको समयमा कार दूघर्टनामा परेका घटनाहरूमाथि २ वर्षसम्म छानबिन र जाँचपड्ताल गरिएको थियो । यस क्रममा अटो पाइलटले काम नगरेको पाइएको थियो। कम्पनीले सन् २०१५ मा अमेरिकामा अटो पाइलट फिचर लन्च गरेयता बेचेका सबै टेस्ला कारलाई फिर्ता बोलाउन लागेको हो ।



यो समस्या समाधानका लागि कम्पनीले सफ्टवेयर अपडेट गर्ने टेस्लाका मालिक एलन मस्कले भनेका बताएका छन् । अपडेट स्वतः हुने तर कार डिलर वा ग्यारेजमा ल्याउन जरुरी नभए पनि अमेरिकी नियामकहरूले कार फिर्ता नै बोलाउनु भनेकोले फिर्ता बोलाइएको बताइएको छ ।अटो पाइलट स्टियरिङ, एक्सिलरेशन र ब्रेकमा सघाउनका लागि बनाइएको हो । अटो पाइलट अन हुँदा चालक कारभित्रै बसेर कारलाई चलाउनु पर्छ । टेस्लाका एक पूर्व कर्मचारीले अटो पाइलट फिचर सुरक्षित नभएको बीबीसीलाई बताएको एकहप्ता नबित्दै कार फिर्ता बोलाइने हो ।



