काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्रगत व्यास नगरपालिकास्थित कमलबारीमा आइतबार बिहान भएको दुर्घटनामा १८ जना घाइते भएका छन ।

मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ग २ ख १४५९ नम्बरको बस कमलबारिमा दुर्घटना भएको हो । घाइतेमध्ये ६ जना रत्नहरी अस्पताल, ४ जना दमौली अस्पतालमा उपचारत छन् भने ८ जनालाई थप उपचारको लागी पोखरा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा, सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई, पूर्णबहादुर गुरूङको रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेकोे छ । घाइते भएका बविता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, दीपा थापा, सुमित्रा राई, जुनु भट्टराई, पूर्णिमा भट्टराईलाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

 

ओभर टेक गर्ने क्रममा बसको दाहिने टायर सडकबाट बाहिर गएपछि दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय