काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ७७ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदैछन् ।

दशरथ रंगशालामा त्रिविले आयोजना गरेको ४९औं दीक्षान्त समारोहबाट विद्यार्थीलाई दीक्षित गर्न लागिएको हो । समारोहमा विश्वविद्यालयले विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गर्दैछ ।

त्रिविले पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली यसअघि नै सार्वजनिक गरिसकेको छ । त्रिविले दीक्षित हुने आउने विद्यार्थीलाई आ–आफ्नो गाउन-स्कार्फ-टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरिसक्न अनुरोध गरेको छ ।

२०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी समारोहमा दीक्षित हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय