काठमाडौं । मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकैबाट त्रिशूली नदीमा बोलेरो जीप खसेको छ ।

विहान ४ बजे नदी भित्रबाट बत्ती बलिरहेको जानकारी पाएपछि गोताखोरको टोली ल्याई गाडी झिक्ने र मान्छेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले गाडी निकाल्ने प्रयास भइरहेको छ । प्रहरीले गाडी भित्र मान्छे नभेटिएको र कति जना थिए भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय