काठमाडौं । फेब्रुअरी महिनामा हवाई माध्यमबाट मात्रै झन्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ पछि नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी नागरिक नेपाल भित्रिएको बताउनु भएको हो ।

उहाँले सन् २०१९ को फेब्रुअरीपछि सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष २०२४ हो । सन् २०२३ को फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी नागरिक भित्रिएका थिए भने २०२४ मा ९७ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ को फेब्रुअरीको तुलना मध्ये सन् २०२४ मा ९५ प्रतिशत सुधार आएको सरकारी तथ्यांक रहेको लामिछाने बताउनु हुन्छ । कोरोना भाइरस संक्रमणबाट थिलो थिलो भएको पर्यटन क्षेत्र अहिले क्रमिकरुपमा सुधार हुँदै आएको यो तथ्यांकले पुष्टि गरेको छ ।

नेपाल भित्रिएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेको तथ्यांकले देखाएको छ । दोस्रोमा चीन, तेस्रोमा अमेरिका, चौथोमा थाइल्याण्ड, पाँचौमा बेलाय, छैठौमा बंगलादेशका नागरिक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय