काठमाडौं । आज मार्च ८ अर्थात् ११४औं विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ ।
यो वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।



२८ फेब्रुवरी १९०९ मा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको मान्यता दियो ।
हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालियो ।



