काठमाडौं । दुर्गा प्रसाईंका बडीगार्ड अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् ।

सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेपछि प्रसाईका बडीगार्ड दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले सर्वोच्च अदालतमा प्रसाईसँग सम्बन्धित मुद्दाको सुनुवाई भइरहेको बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कासहित अर्का एक जना राजकुमार धिमाल भन्ने व्यक्ति पनि पक्राउ परेका छन् । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमी अटोमेटेड बन्दुक र त्यसमा लाग्ने गोली १०० थान बरामद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय