काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले इद उल फित्र मनाउँदै छन् । एक महिना लामो रमादान पर्व रोजा पूरा भएको खुशीयालीमा इद मनाउन लागिएको हो ।
गरिबलाई दान गरिने पर्वका रूपमा यो पर्व मनाइन्छ । इदको अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने चलन छ । आज नमाज पाठ गरेपछि तीन दिनसम्म मान्यजनकोमा पुगेर आशीर्वाद लिने गरिन्छ ।






