न्युरोडमा निर्माणाधिन फुटपाथमा सडक विभागले हस्थक्षेप गरेपछि मियर बालेन्द्र साहले आफ्नो सामाजिक सञ्जालमा केपी शर्मा ओलीलाई निसाना बनाएकाछन् । मेयर बालेन्द्र शाहले झापाको गिरीबन्धु चियाबगानले हदबन्दी छुट पाएको जग्गा बिक्रीसम्बन्धी नीतिगत घोटालामा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन्।

उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूहरूले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लगाएको पनि आरोप लगाएका छन्। ‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन विषयान्तर गरे पनि काम हुनु राम्रो हो,’ व्यंग्यात्मक शैलीमा उनले लेखेका छन्, ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनू, बुटवल-चितवनमा बाटो बनाउनू। यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’

गृहमन्त्री रवि लामिछाने झापाको गिरीबन्धु जग्गा प्रकणमा मौन बसेकोप्रति पनि बालेनले कटाक्ष गरेका छन्। उनले समयमै गिरीबन्धुमा पीडित भएकाहरूको बैना फिर्ता गर्न पनि ओलीलाई आग्रह गरेका छन्। ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला,’ उनले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय