काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोनो ठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले आज सार्वजनिक गरेको नतिजामा ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन् । नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन् ।

परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि आन्तरिक तयारी नपुगेपछि आज नतिजा सार्वजनिक गरेको हो ।

गत चैत १५ गतेदेखि शुरु भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । बोर्डका अध्यक्ष महाश्रम शर्माले २ सय २१ जनाको परीक्षा रद्द भएको र केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने बताएका छन् ।

एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय