शुक्रबार रातिदेखि जारी वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक अबरुद्ध भएको छ। हेटौँडा–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडकमाथिबाट ठूलो पहिरो खसेको र निरन्तर वर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध समेत गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय