काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई ईएमआईएस तालिम दिने भएको छ ।
नगरको शिक्षा शाखाले दिन लागेको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) को तालिमलाई दुई भागमा विभाजन गरी संचालन गर्ने भएको छ । साउन ३ गते बिहीबारदेखि सुरु हुन लागेको तालिममा वडा १ देखि ८ सम्मका विद्यालयमा (EMIS) को काम गर्ने शिक्षक वा कर्मचारीलाई विहान साढे दश बजेदेखि साढे १ बजेसम्म तालिम दिइने छ ।



त्यस्तै कक्षा ९ देखि १५ वडासम्मका सामुदायिक तथा संस्थागत विद्यालयलाई अपरान्ह साढे १ बजेदेखि तालिम संचालन गरिने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको प्रभात माध्यमिक विद्यालयमा हुने तालिममा सहभागी सम्पूर्णलाई ल्यापटपसहित सहभागी जनाउन पनि अनुरोध गरिएको छ ।




