काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रले मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताएको छ ।
यसअघि सिन्धुपाल्चोकको हेलम्बुमा गत असार १५ गते भूकम्प गएको थियो ।






