काठमाडौं । काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना भएको छ । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ ।

जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा विमान खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेको अवस्थामा संकलन गरिएको छ ।

शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको जानकारी गराउनु भएको छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय