धनगढी । नक्सा पास विना नै संरचना बनाएको पाइएपछि धनगढी उपमहानगरपालिकाले भत्काएको छ । वडा नम्बर–७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनामा उपमहानगरपालिकाले डोजर चलाएको हो । चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको थियो ।

पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिना नै बनाइएको छ । चर्चमा नक्सा पासविपरीत बनाईएका सबै संरचना भत्काइएको पालिकाले जनाएको छ । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो ।

समितिले तयार पारेको प्रतिवेदनका आधारमा उक्त अवैध संरचना हटाएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय