ढोरपाटन । बागलुङको बडिगाडमा बाढी पहिरोले ५० परिवार विस्थापित भएका छन् । ​बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।

उक्त पहिरोमा परी ११ जनाले ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात छ । पहिरोले खानेपानी, विद्युत् आपूर्ति हुन सकेको छैन । बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् ।

पहिरोबाट विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक स्थलमा व्यवस्थापन गरिएको छ । पीडित व्यक्तिलाई प्रारम्भिक चरणको राहत वितरण गरेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय