काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास दिलाउन गुरुङ र पोखरेलमाथि पनि छानबिन हुनुपर्ने बताउनु भएको हो । उहाँले ठगीमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताउनुभयो ।

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरुलाई धेरै नबोल्न पनि सुझाव दिनुभयो । उहाँले सरकारमा बसेकाहरुले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले सरकार बलियो भएकाले सन्देश दिनेगरी काम हुनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय