हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेमाथि कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै जनप्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय परिसरमै धर्नामा बसेका छन्। बिहान १० बजेदेखि धर्ना बस्ने भनिए पनि जनप्रतिनिधिहरू १०:४५ बजेबाट धर्ना बसेका थिए। धर्नामा उपप्रमुख राजेश बानियाँसहित वडाका अध्यक्षहरू सहभागी छन्। गत असार ४ गते दिउँसो करिब पौने ४ बजे वडा कार्यालयमै काम गरिरहेका बेला अध्यक्ष न्यौपानेमाथि कालोमोसो दलिएको थियो। “एक महिनादेखि हामी आक्रमणकारी पक्राउको पर्खाइमा छौं, प्रहरीले कुनै कारबाही नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौं।” “हाम्रो सुरक्षा सुनिश्चित नगरे प्रहरी प्रशासनको औचित्य नै समाप्त हुन्छ।



वडा अध्यक्षमाथिको आक्रमण हुनु अगावै हेटौंडा–१० मा व्यापारी विन्दल दासमाथि पनि आक्रमण भएको थियो। तर, प्रहरीले दुवै घटनामा ठोस प्रगति गर्न नसकेको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ। हेटौंडा उपमहानगरपालिका-३ का सेवाग्राही सुवास पाख्रीन “वडामा होइन, आन्दोलन स्थलमै सेवा लिन आउनुपर्दा असहज महसुस भइरहेको छ।”
घटनाको विरोधमा जनप्रतिनिधिहरूले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। जनप्रतिनिधिहरूको भनाइमा, दोषी नपक्रिएको मात्रै होइन, उल्टै केही सर्वसाधारणलाई झुटा मुद्दामा गिरफ्तार गरिएको छ।नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी लगायत पाँच दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विना कारण गिरफ्तार गरिएका व्यक्तिहरूको रिहाइ माग गरेका छन्। प्रहरी प्रमुख विश्वराज खड्काले भने एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी तीव्र पारिएको बताउनुभएको छ। तर कारबाही प्रक्रिया सुस्त हुँदा जिल्लाको सुरक्षा अवस्थामाथि प्रश्न उठ्न थालेको छ।भविष्यमा प्रहरीको चुप्पी कायम रहे थप आन्दोलन चर्काउने चेतावनी पनि जनप्रतिनिधिहरूले दिएका छन्।



