काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिंदै हुनुहुन्छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बन्नु भएका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नु भएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेपनि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा असन्तुष्ट देखिएका छन् । उहाँले बानियाँ नेतृत्वको मन्त्रिमण्डलमा आफ्ना पक्षका तीन जना मन्त्री बन्नु पर्ने भन्दै अडान राख्दै आउनु भएको छ । बानियाँले पार्टी भित्रको असन्तुष्टि, दबाब र शक्ति सन्तुलनका लागि मिलाउन भन्दै ५ वटा मन्त्रालय आफु मातहत राख्नुभएको छ ।

मन्त्री छान्न साउन २१ गते राति काठमाडौं आइपुग्नुभएका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा हुनुहुन्छ । प्रदेशमा रहेका १४ मन्त्रालयमध्ये भागबण्डामा नेकपा एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाउने सहमति भएको छ । सोही अनुसार गत साउन २० गते नै मुख्यमन्त्री बानियाँको एमालेका ६ मन्त्री र कांग्रेसबाट दुई मन्त्री नियुक्त गर्नुभएको छ ।

कांग्रेसबाट श्याम बहादुर खड्का, बिमल ठकुरी, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, कन्चनचन्द्र बादे मन्त्री बन्न दौडधुपमा छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाको टिमबाट श्रेष्ठ मन्त्री बन्ने तयारीमा छन् । गगन थापाको क्याम्पबाट यसअघि सुरजचन्द्र लामिछाने मन्त्री बन्दा श्रेष्ठ रोकिएका थिए भने प्रकाशमान सिंहको टिमबाट बादे मन्त्रीको लबिङमा छन् ।

कांग्रेसभित्र समावेशीको मुद्दा उठिरहेका समयमा बागमती प्रदेशको मन्त्रीका लागि सुना परियारको नाम पनि उत्तिकै चर्चामा छ । महिला तथा दलित कोटामा उहाँलाई मन्त्री बनाउनु पर्ने भन्दै लविङ भइरहेको छ । सांसद परियार मीनबहादुर विश्वकर्माको टिमबाट मन्त्री लागि लबिङ गरिएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद्लाई समावेशी बनाउनको लागि भएपनि परियारलाई मन्त्री बनाउनुपर्ने भन्दै कांग्रेस पार्टीमा आवाज उठ्न थालेको छ ।

पूर्वमुख्यमन्त्री लामाको टिममा गोविन्द लाम्साल, माया श्रेष्ठ, तीर्थबहादुर लामा समेत मन्त्री बन्ने लाइनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय