नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ । महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीविरुद्ध प्रहार गर्नुभयो । जसको निशानामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म पर्नुभयो। भाषणमा कांग्रेससँगको गठबन्धनको बचाउ र २०८४ मा पहिलो पार्टी हुने ओलीको दाबी पनि थियो ।

निश्चित थियो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो निशानामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नै पर्ने । र भयो पनि त्यस्तै अर्थात अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नै नभएको भन्दै विरोधीहरुको मुखमा बुझो लगाइदिनुभयो ।

भण्डारीको सदस्यताबारे बोलेका अध्यक्ष ओलीले पूर्वसहयात्री अहिलेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध फायर खोल्नुभयो । नेपालसहितलाई पार्टीमा चोटपटक लगाएर गएको आरोप लगाउनुभयो । उद्घाटन मन्तव्यमा विरोधीविरुद्ध खरो आलोचनामा उत्रिएका अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ नदिने कुरै भएन् । प्रचण्डलाई लक्षित गर्दै जादुगर नम्बर छ भन्ने भ्रम अहिले तोडिएको बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै इतिहास नभएको पार्टी भन्दै कसैले आरीबाट घोप्टाइदिएका तत्वको बहाब आएको टिप्पणी गर्नुभयो ।

आफ्ना आलोचक र विरोधीविरोधीविरुद्ध खनिएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेसँगको सत्ता सहकार्यको बचाउ गर्नुभयो । जनताले एमाले र कांग्रेसलाई समर्थन गर्नुको विकल्प नभएको भन्दै एकले अर्कालाई समर्थन गर्दै अघि बढेको बताउनुभयो । विरोधीविरुद्ध खनिँदै सत्ता सहयात्रीको बचाउ गरेका ओलीले पार्टीको कार्यक्रममा नेता कार्यकर्तामा उत्साह भर्ने प्रयास त गर्नै पर्‍यो । अनि त ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय