काठमाडौं । आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन थालिएको हो ।

मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए । मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन् ।

यसैगरी आजै विश्वका विभिन्न देशमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि मनाइँदै छ । पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौं, भक्तपुर, ललितपुरलगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ । यस्ता सम्पदाको संरक्षणमा पुरातत्व विभाग क्रियाशील छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय