काठमाडौं । चन्द्रागिरिका युगपुरुष भनि चिनिएका बलराम कार्कीको निधन भएको छ । केही दिनदेखि स्वास्थ्यमा खराबी देखिएपछि सतुंगलस्थित सशस्त्र प्रहरी अस्पतालको सघन कक्षमा उपचार गराई रहनु भएको थियो ।

कार्कीलाई अस्पतालले आजै डिस्चार्ज गरेको थियो । कार्कीको आज साँझ ४ बजेर ४९ मिनेटमा उहाँकै निवासमा ८६ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ । उहाँको पार्थिव शरिरलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित यक्षमति घाटमा अन्त्येष्टी गरिएको छ ।

कार्की नेपाली कांग्रेसका संस्थापक सदस्यमध्ये एक हुनुहुन्थ्यो । चन्द्रागिरि नगरपालिका भित्र रहेका अधिकांश इँट्टाभट्टा नगरपालिकाबाट हटाउनको लागि उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । कार्कीलाई वडाबासीले अभिभावकको रुपमा लिने गर्दथे ।

उहाँको एक श्रीमती, दुई छोरा, दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय