काठमाडौं । मकवानपुरको हेटौँडामा भएको फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । कान्ति लोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका –५, क्याम्पा डाँडामा जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । हेटौँडाबाट चौघडा जाँदै गरेको बा.प्र.०३–००६ प. २०७९ नम्बरको स्कुटरलाई चौघडाबाट हेटौँडा आउँदै गरेको बा. ३ च. २२४ नम्बरको ल्यान्डक्रुजर गाडीले ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक हेटौँडा –६ हात्तिलेटका २६ वर्षीय युवराज अधिकारी र पछाडि सवार ३० वर्षीय नारायण अधिकारी घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको टाउको र अनुहारमा चोट लागेको छ ।

यसैगरी, हेटौंडा–२, मानसचोकमा दुई मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् । कांग्रेस चोकबाट कान्ति लोकपथतर्फ जाँदै गरेको ना. ३३ प. ७२८१ नम्बरको मोटरसाइकल र फापरबारी बसपार्क तर्फबाट पुरानो मकवानपुर रोडतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प.२४३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय