वीरगञ्ज । सहकारी सम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस पर्सा जिल्ला अदालतमा सम्पन्न भएको छ । बहस सकिएपछि लामिछाने अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिती देखिएको थियो ।

सहकारीको रकम अपचलनसँग सम्बन्धित उजुरीका आधारमा दायर मुद्दामा आइतबार लामो समयसम्म थुनछेक बहस भएको हो । सरकारी वकिल पक्षले अभियोग गम्भीर रहेको भन्दै थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरे भने प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आरोप निराधार रहेको दाबी गर्दै साधारण तारेख वा धरौटीमा रिहा गर्न माग गरेका छन् ।

बहसका क्रममा रवि लामिछानेको सो प्रकरणसँग प्रत्यक्ष संलग्नता नरहेको, राजनीतिक प्रतिशोधका कारण मुद्दा अघि बढाइएको भन्दै बचाउ पक्षले अदालतको ध्यानाकर्षण गराएको थियो । त्यस्तै, सरकारी वकिलले सहकारी पीडितहरूको उजुरी, कागजात तथा प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई आधार मानेर अदालतमा बहस प्रस्तुत गरेका थिए ।

अदालतले दुवै पक्षको बहस सुनेपछि आदेश सुनाउने मिति तोक्ने बताइएको छ । आदेश आउँदासम्म रवि लामिछाने अदालतको निर्णयको प्रतीक्षामा रहनेछन् । उक्त मुद्दालाई लिएर रास्वपाका नेता–कार्यकर्ताहरू अदालत परिसरमा उपस्थित भएका थिए भने सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस प्रकरणलाई राजनीतिक वृत्त र सार्वजनिक क्षेत्रमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय