काठमाडौं । खेतबारीलाई जंगली जनावरबाट सुरक्षित राख्न जडान गरिएको विद्युतीय तारको करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–६ हरिपुर नयाँटोल निवासी ५० वर्षीय चन्देश्वर महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय किसान रामचन्द्र महतोले आफ्नै खेत वरिपरि जडान गरेको विद्युतीय तारमा चन्देश्वर महतो परेपछि गम्भीर घाइते भएका महतोको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।चन्देश्वर महतो दैनिक खेतमा जाने गर्दथे । विद्युतीय तारमा परेर एउटा बाँदर पनि मरेको प्रहरीको भनाई छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय