काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल ट्रमले अमेरिका, इजरायल र इरानबीच जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित तयार भइरहेको समझदारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यपूर्वका विभिन्न राष्ट्र प्रमुखहरूसँग टेलिफोन संवाद गरेपछि उनले सम्झौताको मुख्य विषयहरूमा उल्लेखनीय प्रगति भएको दाबी गरेका हुन् ।
ट्रम्पले प्रस्तावित समझदारीमा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्टेट अफ होर्मुज पुनः खुला गर्ने विषय पनि समावेश भएको जानकारी दिनुभयो । इरानले उक्त समुद्री मार्गमा लगाएको अवरोधले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिसम्बन्धी चिन्ता बढिरहेको थियो ।



शनिबार ट्रम्पले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूसँग संवाद गरेका थिए । त्यसक्रममा उनले इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतनयाहुसँग पनि छुट्टै वार्ता गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत सम्झौताका बाँकी प्राविधिक विषयमा छलफल जारी रहेको र चाँडै औपचारिक घोषणा हुन सक्ने बताएका छन् ।



