बीपी राजमार्ग अवरुद्ध भएर एम्बुलेन्स नै आवातजावत गर्न नसकेर बिरामी बिच बाटोमा अलपत्र परेपछि सुरक्षाकर्मीले उद्धार गरेर स्वास्थ्य चौकी लगेका छन् ।अविरल बर्षापछि आएको पहिरो र रोशी खोलाको कटानले विभिन्न स्थानमा बीपी राजमार्ग अवरुद्ध भएपछि खोटाङबाट कलेजो सम्बन्धी समस्या भएर टाटासुमोमा आएका ३४ बर्षिय कन्चन नेपाली विच बाटोमै अलपत्र परेपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीलेको सहयोगमा उद्धार गरिएको हो । उनलाई स्ट्रेचर मार्फत सुरक्षाकर्मीले उद्धार गरेको थियो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख निकिता कुमारी मिश्राका अनुसार नेपालीलाई रोशी ८ गिम्दिबेंशीबाट उद्धार गरिएको जानकारी दिईन । सडक अवरुद्ध भएको र बीचबाटोमै अलपत्र भएपछि नेपालीको उपचारको लागि हेलिकप्टरमार्फत लैजान प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति विचमा छलफल भएपनि मौषमको कारण सम्भावना नभएपछि तत्कालको उपचारको लागि मंगलटार स्वास्थ्य चौकीमा लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय