काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को बढ्दो क्रेज र सफलतासँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको चर्चा चुलिएको छ। एनपीएलको प्रभावका कारण इंग्ल्यान्ड र श्रीलंका जस्ता टेस्ट राष्ट्रहरू नेपालसँग द्विपक्षीय सिरिज तथा मैत्रीपूर्ण म्याच खेल्न इच्छुक देखिएका छन्।हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भ मा कुराकानी गर्दै क्यानका प्रतिनिधिहरूले एनपीएलले विश्व क्रिकेट जगतको ध्यान नेपालतर्फ खिचेको बताएका हुन्। ठूला क्रिकेट राष्ट्रहरू नेपालमा आएर खेल्न उत्सुक देखिनुले नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थपेको उनीहरूको भनाइ छ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (PCB) ले आफ्ना खेलाडीहरूलाई एनपीएल खेल्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) दिन ढिलाइ गरेको र अतिरिक्त शुल्क माग गरेको विषयलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले गम्भीरताका साथ उठाउने भएको छ। एनपीएलका विभिन्न फे्रन्चाइज टोलीमा आबद्ध भएका पाकिस्तानी खेलाडीहरूको अनिश्चिततालाई लिएर क्यानले अन्तर्राष्ट्रिय स्तरमै यो मुद्दा चर्काउने तयारी गरेको छ।

एनपीएलमा विश्वप्रख्यात अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमन, आधुनिक प्रविधि (DRS) को प्रयोग र घरेलु दर्शकको उत्साहजनक सहभागिताले नेपाली क्रिकेट क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको विश्लेषण गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय