सेयर बजारमा लगातार दोस्रो दिन पनि ठूलो गिरावट आएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको दोस्रो कारोबारको दिन पनि शेयर बजारमा ठूलो गिरावट आएको हो । आज बजार परिसूचक नेप्से ३८ दशमलव ८३ अंक अर्थात २ दशमलव शुन्य छ प्रतिशतले घटेर अठार सय ४९ दशमलव ७९ अंकमा झरेको हो ।

मंगलबार पनि नेप्से ५३ दशमलव १६ अंकले घटेको थियो । बुधबार २६२ धितोपत्र कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँमा कारोबार भयो । बुधबार सबै उपसूचकहरु राताम्य भए । सबैभन्दा धेरै होटल र पर्यटन, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले गुमाएका छन् ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै, माइखोला हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड, पिपुल्स पावर फण्डसहितका धितोपत्रको मूल्य बढ्दा युनिलिभर नेपालको मूल्यमा नकारात्मक सर्किट लागेको छ । एसियन हाइड्रो, यूनिक नेपाल लघुवित्त, दोर्दी खोला जलविद्युत सहितका धितोपत्रको मूल्यमा गिरावट आएको छ । आज सबैभन्दा धेरै कारोबार हुनेमा प्रभु बैंकको प्रमोटर सेयर र शिवम् सिमेन्ट रहेका छन् । बजेटले सेयर लगानीकर्ताका लागि कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै लगानीकर्ता बिच्किएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय