

खानेपानी आयोजना खोलाले बगाएपछि पर्वत अस्पतालमा खानेपानीको हाहाकार भएको छ । खानेपानी योजना निर्माण र स्टमेटमै त्रुटि भएका अस्पतालजस्तो संवेदनशील क्षेत्रमा खानेपानी अभावको अवस्था आएको हो ।
आर्थिक वर्ष ०७६-०७७ शुरु भएर ०७८-०७९ मा सम्पन्न ९० लाख बजेटको जिल्ला अस्पताल पर्वतमा खानेपानी निर्माणमा त्रुटी भएपछि अहीले खानेपानीको समस्या भएको छ । निर्माणमा भएको त्रुटिका कारण दुई महिना अघि खानेपानी आयोजना खोलाले बगाएको हो । दैनिक १२ हजार लिटर खानेपानी आवश्यक पर्ने अस्पतालमा पानी पर्याप्त नहुँदा विरामी र स्वास्थ्यकर्मी समेत मारमा पर्ने गरेका छन ।






कुश्मा नगरपालिका–चार डम्डारे खोलाबाट ल्याइएको खानेपानी खोलाको मध्य भागमा पानी संकलन टयांङ्की बनाउदा त्रुटि भएको हो । अहिले अस्पतालले नगरले उपलब्ध गराएको थोरै पानी र ट्याङकरवाट ल्याइएको खानेपानीले विरामीलाई सेवा दिइरहेको छ । आकस्मिक उपचार कक्ष, भर्ना भएका विरामी, मृगौलाको डायलाइसिस गर्ने विरामी सबैभन्दा बढी मारमा छन ।
अस्पतालमा रङ्ग र अन्तरङ्ग र मृगौला डाईलाईसीस, प्रसुती, सुत्केरी र आकस्मिक उपचार र शल्यक्रियाका लागि दैनिक १२ हजार लिटर पानी आवश्यक पर्दछ । १४ सैयाको अस्पतालले नयाँ भवन निर्माण पछि ५० सैयाको सेवा विस्तार गरिएको छ । अस्पतालले पर्याप्त खानेपानदी पाउन सकेको छैन । अस्पतालमा दैनिक तीन सय विरामीले सेवा लिदै आएका छन ।