चीनमा तयार भएको ब्रेड खाएर अमेरिकीहरुको ब्रेकफास्ट सुरु हुन्छ । सोभियत रुसको ग्याँस सप्लाई बन्द भयो भने युरोपका शहरहरु चिसा हुन्छन् । अमेरिकी लगानीकर्ताहरुले चीनमा संचालन गरेका उद्योगहरुबाट हात झिकिदिए भने चीनको अर्थतन्त्र धर्मराउछ । खाडी मुलुकले तेल उत्खननमा प्रतिबन्ध लगाइदियो भने बिश्वको जनजीवन नै ठप्प हुन्छ । ताइवानले चीपको ब्यापार बन्द गरिदियो भने चीन, जापान, कोरिया, भारत, अमेरिका जस्ता राष्ट्रहरुमा उत्पादन हुने इलेक्ट्रोनिक्स सामाग्री, सवारी साधनलगायतका यन्त्र उपकरणहरुको उत्पादनमा गम्भीर असर पर्छ । अफ्रिकी राष्ट्रहरुमा भएको विभिन्न प्राकृतिक श्रोतबाट नै अमेरिका, जापान चीनलगायतका देशहरुले विभिन्न सामाग्रीहरु उत्पादन गरिरहेका छन् । चीन र भारतबीच जतिसुकै द्वन्द्व भएपनि चीनको प्रमुख बजार भारत नै हो । युरोपियनहरुको टेक्नोलोजिबाट नै चीन, भारत, जापान, कोरियाले प्रविधिमा तरक्की गरिरहेका छन् ।

आफ्नो देश र जनताको समृद्धिको लागि अमेरिका र चीन जस्ता प्रतिद्वन्द्वी राष्ट्रहरु त हातेमालो गर्छन् । यस्तो अबस्थामा त्यहाका नेता जनताहरु केही बोल्दैनन् । तर, हाम्रो जस्तो देश जहाँ केही विकास निर्माणको काम हुन थाल्यो कि अनेक किसिमका स्याल हुइँया मच्चाउँदै विरोध गर्न थालिहाल्छन् ।

त्यसैगरी अमेरिकाको कोकाकोला कम्पनीमा चीन, भारत, रुसलगायत धेरै राष्ट्रका उद्योगपतिहरुको शेयर छ । चीनको प्रसिद्ध कम्पनीहरुमा अमेरिकी तथा अन्य मुलुकका उद्योगपतिहरुको शेयर छ । चीनको सबैभन्दा ठूलो ब्यापार अमेरिकासँग नै छ । अहिले रसिया र युक्रेनको युद्धले गर्दा संसारभर खाध्यान्न संकट चुलिएको छ । किनकी युक्रेन अन्नको भण्डार हो । यदि यो लडाई चर्कँदै गयो भने विश्वभर खाद्यान्न अभावले मानव सभ्यता माथि नै गम्भीर संकट निम्तन सक्छ । त्यसैले एक राष्ट्रको पनि कति ठूलो महत्व छ भन्ने कुरा यही घटनाले देखाएको छ । आज शक्तिशाली भनिएका देशहरु एक अर्को देशसँग परनिर्भर छन् । एक अर्का देश बीच द्वन्द्व भएपनि देश र जनतालाई समृद्ध बनाउन शत्रु राष्ट्रबाट पनि सहयोग लिन्छन् ।

तर, हाम्रो जस्तो देश भौतिक पूर्वाधार विकासमा धेरै पछाडी छ । देशका युवाहरु घरको भात भान्सा चलाउन पनि खाडीमुलुक र अन्य देशमा रोजगारीको लागि जानुपर्ने बाध्यता छ । सधंैको राजनीतिक अस्थिरताको कारणले देश अधोगति तिर जाँदैछ । जनताको रगत र पसिनाबाट संकलन गरिएको राजश्वले सरकारका कर्मचारीहरुलाई तलब भत्ता दिनसमेत नपुग्ने अवस्था छ । यो वर्ष मात्र साधारण खर्च धान्न करिब २ खरब जति ऋण लिनु पर्ने हुन्छ । विकास खर्च त ऋणबाट चल्न थालेको छ । आज अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा जस्ता देशको भिषा सहजरुपमा खोलिदिने हो भने देशमा एक जना पनि युवाहरू बस्दैनन् । किनकी देशको नीति नै युवामैत्री छैन । देशको अवस्था यस्तो छ ।

आफ्ना छोराछोरीलाई अमेरिकी डिभि पर्दा वा विद्यार्थी भिषामा अमेरिका पठाउने अघिल्लो दिन खुशीयाली स्वरुप घरमा पार्टी गर्नेहरु फेरी भोलिपल्ट त्यहि एमसीसी परियोजनाकोविरुद्ध आगो ओकल्छन् । के यो हास्यास्पद होइन र ? यसरी यो खोक्रो राष्ट्रवाद बोकेर कति दिन चल्छ ?

आफ्नो देश र जनताको समृद्धिको लागि अमेरिका र चीन जस्ता प्रतिद्वन्द्वी राष्ट्रहरु त हातेमालो गर्छन् । यस्तो अबस्थामा त्यहाका नेता जनताहरु केही बोल्दैनन् । तर, हाम्रो जस्तो देश जहाँ केही विकास निर्माणको काम हुन थाल्यो कि अनेक किसिमका स्याल हुइँया मच्चाउँदै विरोध गर्न थालिहाल्छन् । त्यही अमेरिकामा आफ्ना छोराछोरीहरु पठाउन मरिहत्ये गर्नेहरु अहिले एमसीसी परियोजनाको बिरोध गरिरहेका छन् । आफ्ना छोराछोरीलाई अमेरिकी डिभि पर्दा वा विद्यार्थी भिषामा अमेरिका पठाउने अघिल्लो दिन खुशीयाली स्वरुप घरमा पार्टी गर्नेहरु फेरी भोलिपल्ट त्यहि एमसीसी परियोजनाकोविरुद्ध आगो ओकल्छन् । के यो हास्यास्पद होइन र ? यसरी यो खोक्रो राष्ट्रवाद बोकेर कति दिन चल्छ ?

देश यदी समृद्ध बन्छ भने राष्ट्रिय स्वार्थलाई कायम राख्दै एमसीसी, बीआरआई, भारत, रसिया, जापान फ्रान्स जस्ता सबै शक्ति राष्ट्रहरुको सहयोग लिएर देशको विकाश गर्नु पर्दछ । हाम्रो देशमा राजनीति धेरै भयो । जसकारण देश विश्वको हरितन्नम राष्ट्रमा दर्ज हुँदैछ । त्यसैले अब एमसीसी जस्ता सयौं परियोजनाहरु देशमा लागु गरेर देश विकाश गर्नुपर्छ । अहिलेको २१औं शताब्दीमा कुनै पनि देश आफैं आत्मनिर्भर हँुदैन । कुनै न कुनै देश एक अर्कोप्रति आश्रीत हुनु नै पर्छ । अझ हाम्रो जस्तो देश जहाँ असीमित श्रोत साधन भएपनि त्यसको व्यवस्थापन गर्न नसक्दा अविकसित र गरिवीमा रुमल्ली रहेको छ । देशबाट गरिवी हटाउन र देशलाई समृद्ध बनाउन पनि सबै राष्ट्रहरुसँग हातेमालो र सहकार्य गर्नु पर्दछ । आफ्नो देशको विकासको लागि चीन, अमेरिका मिल्छन्, रसिया र अमेरिका सहकार्य गर्न तयार हुन्छन्, भारत अनि पाकिस्तानबीच छलफल हुन्छ भने हामी किन अमेरिका, चीन, रसिया, भारत लगायतका देशहरूले सहयोग गर्ने परियोजनाहरुको विरोध गरेर आफुलाई अझ पछौटेपनमा लाँदैछौ । देशमा कति राजनीति गर्ने ? अब त देश र जनताको लागि पनि सोच्ने बेला भएन र ?

लेखक नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय