पछिल्लो तीन महिनाको अन्तरमा दैनिक उपभोग्य वस्तुमा ४५ प्रतिशतसम्मले वृद्धि भएको छ । सरकारको अविवेकपूर्ण क्रियाकलाप र व्यापारिहरुको अराजक मनस्थितिको कारण दैनिक जसो मूल्यवृद्धि भइरहेको सरोकारवालाहरुकै भनाइ छ । पछिल्लो तीन महिनाको अन्तरमा दैनिक उपभोग्य वस्तुमा ४५ प्रतिशतसम्मले वृद्धि भएको छ । चाडको मुखमा दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा तरकारीको मूल्यमा वृद्धि हुन थाले पछि उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन् । आर्थिक मन्दीले थलिएका उपभोक्ता खाद्यान्न र तरकारीमा भएको अस्वाभाविक मूल्यवृद्धिको कारण मर्काका परेका हुन् ।

कालिमाटी फलफुल तथा तरकारी विकास समितिको अनुसार गत भदौ अन्तिममा प्रतिकेजी ६५ रुपैया रहेको प्याज करिव ११ प्रतिशतले वृद्धि भएर ७३. ६४ रुपैया पुगेको छ । त्यस्तै प्रतिकेजी ७५ रुपैया रहेको काउली वृद्धि भएर ८५ रुपैया, ३५ रुपैया प्रतिकेजी रहेको घिरौला वृद्धि भएर ६५ रुपैया पुगेको छ । त्यस्तै गत असारको तुलनामा असोजमा चामल, दाल, चिनी, मसलालगायत खाद्यान्नको मूल्यमा पनि अत्याधिक वृद्धि भएको छ । २ हजार १ सय रुपैयाँ पर्ने २० किलो बोराको जिरा मसिनो चामल १ असोजमा आउँदा ३ हजार पुगेको छ । यही अवधिमा प्रतिकेजी १ सय ८५ रुपैयाँ पर्ने रहर दाल ५५ रुपैयाँले बढेर २ सय ४० पुगेको छ । त्यस्तै, चिनी प्रतिकेजी ९५ रुपैयाँबाट बढेर एक सय २० रुपैयाँ पुगेको छ । दशैं नजिकिएसँगै केही वस्तुहरुको मूल्यमा अझै वृद्धि हुनसक्ने समितिको आंकलन छ ।

विचौलियाहरुको कारण पनि खाद्यान्न साम्रागीमा मूल्यवृद्धि निरन्तर उकालो लागीरहेको छ । सरकारको अविवेकपूर्ण क्रियाकलाप र व्यापारिहरुको अराजक मनस्थितिको कारण दैनिक जसो मूल्यवृद्धि भइरहेको सरोकारवाला बताउछन । सरकारले नै कालो बजारीलाई समर्थन गरेको कारण मूल्यवृद्धि आकाशिएको राष्ट्रिय उपभोक्ता मञ्च बुझाई छ । सरकारको कमजोर अनुगमन प्रणालीले पनि मुल्यवृद्धिमा भुमिका खेलिरहेको छ । जसका कारण उपभोक्ताहरु मूल्यवृद्धिले दिन प्रतिदिन थिचिएका छन् । तसर्थ सरकारले बजार अनुगमनलाई पनि प्राथमिता साथ अगाडि बढाउन अवाश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय