काठमाडौं । दोस्रो एक दिवसीय खेलमा नेपाल ए,आयरल्यान्ड एसँग एक सय १४ रनले पराजित भएको छ ।शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ६० रनमै अलआउट भयो । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमात्र बनाउन सक्यो । टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड एले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो । आयरल्याण्ड एका लागि गेभिन होयले सर्वाधिक ५० रन बनाए  ।नेपालका रिजन ढकाल र शाहब आलमले ३/३ विकेट लिए । श्याम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो। नेपाल एका लागि भीम सार्कीले १७ रन र विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाल एका ५ जना खेलाडी शून्यमै आउट भएका थिए ।

 

म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल एविरुद्धको तीन एक दिवसीय शृंखला २–० ले आफ्नो पक्षमा बनाएको छ। नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय